२०७५ वैशाख १४ गते १२:५१ विकासन्युज
काठमाडौं । कोकाकोला नेपालले मेगा कलेजमा एमबीएम प्रथम वर्षमा अध्यनरत बिद्यार्थीहरुसँग बुधबार अन्ररक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोटर्लस नेपालका कन्ट्री कर्मशियल मेनेजर रजनिश शर्माले विश्वमा कोकाकोला कम्पनी र त्यसको अवस्थाको बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए।
कम्पनीको अनुसार कोकाकोला अहिले १३१ औं बर्ष पुरा गरेर १३२ औं बर्षमा प्रवेश गरेको छ । उपभोक्तालाई ध्यानमा राखेर ‘कोक खाम्, रसिया जाम्’, कोकाकोला मोःमोत्सव र स्प्राइट क्लियर लगायतका क्याम्पेन सञ्चालन गर्दै आइरहेको छ । साथै कम्पनीले खेलकुदको दिगो विकासका लागि विद्यालय स्तरिय ‘कोका कोला कप’ फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।
वृहत्तर सामाजिक मनोबल बढाउन ‘फेरी उठ्ने छ नेपाल’ जस्ता कार्यक्रमहरुमार्फत कम्पनीले उत्तरदायित्व बहन गर्दै आएको छ ।
कोकाकोलाले पहिले पनि कुसुम ,एस इन्टिच्यूट अफ म्यानेजमेन्ट , किंग्स कलेज र एपेक्स कलेज लगायतसँगकाे सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिसकेको छ । त्यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिदै अाएकाे कम्पनीको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.