सामसङका ग्राहकहरूलाई माइक्रोवेभ ओभन कुकिङ क्लास

  २०७५ वैशाख १४ गते १७:११     विकासन्युज

काठमाडौँ । सामसङको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिद्वारा आफ्नो ग्राहकहरूका लागि माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गर्ने भएको छ। क्लास बैशाख १७ गते देउसो २ बजेदेखि दरबार मार्गको सामसङ प्लाजामा शुरु हुने जनाइएको छ ।

सामसङका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरू बनाउन सिकाउने उद्देश्यले कम्पनीले उक्त कुकिङ क्लासको आयोजना गर्न लागेको जानकारी दिएको छ । क्लास सामसङका प्रतिनिधिहरूले प्रदान गर्नेछ ।

क्लासको सहायताले सहभागीहरूले सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर विविन्न परिकारका खानेकुराहरू पकाउन सक्नेछन् विश्वास कम्पनीको छ । साथै सो अवसरमा पकाउँदा अपनाउनु पर्ने सम्पुर्ण सेफ्टीका विषयमा समेत जानकारी दिने आयोजकको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.