लेखनाथ र कुष्मामा मेगा बैंक, थप ६ वटा शाखा विस्तार गर्दै

  २०७५ वैशाख १६ गते १७:२२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तार गरेको छ ।

लेखनाथ शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक संचालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा गरेका हुन् । बैंकका कम्पनी सचिव तुलसीराम पोखरेलले बैंकले यस क्षेत्रमा आंशिक सेवा (सफ्ट लञ्च) प्रारम्भ गरि ११ सय बैङ्क खाता खोल्न सफल भइसकेको बताएका छन् ।

यसैगरी, कुष्मा शाखाको मेगा बैंक संचालक समितिका सदस्य इन्द्रबहादुरमल्ल ठकुरी र कुष्मा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् । साथै, २०७४ जेठ १४ गतेबाट सफ्ट लञ्च भई सेवा प्रारम्भ गरेको यस शाखाले यो अवधिमा २ हजार ४४ वटा खाता खोल्न सफल भइसकेको छ ।

लेखनाथ र कुष्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी छ । यस बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.