२०७५ वैशाख १६ गते २३:०७ विकासन्युज
काठमाडौं । वैशाख चौथो साता राजधानीस्थित भृकुटीमन्डपमा नेपाल हर्ब्स आयुर्वेदा एक्स्पो–२०१८ हुने भएको छ । स्वदेशमै उत्पादित औषधिजन्य जडिबुटीबाट निर्मित वस्तुहरुको पहिचान र व्यापार बृद्धि गर्ने उद्देश्यले नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघले मेला गर्न लागेको हो ।
विगतमा नेपाल उद्योग बाणिज्य महासंघसँग आयोजक बाँकी सह–आयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रर्दशनी गर्दै आएकोमा यस बर्षदेखि आफैले यो मेला सञ्चालन गर्न लागेको हो ।
‘अमृत जडीबुटी तपोभूमीको सकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना , समृद्धिका लागि जडीबुटी उद्यम’ भन्ने नारा सहित बैशाख २१ देखि २३ गतेसम्म मेला सञ्चालन हुने छ ।
मेलामा अर्गानिक प्रमाणित जडीबुटी, कृषि उत्पादन, नेचुरल एग्रो प्रडक्टहरु, आर्युवेदिक औषधी र उपचार सेवा, सुगन्धित तेल, प्राकृतिक मह लगायत यस क्षेत्रसँग सम्बन्धित प्रसोधन गर्ने मेसिन तथा टुल्सहरु, कस्मेटीक प्रडक्टहरु, होमियोपेथी,
नेचुरल ट्रिटमेन्ट, वनस्पतिका बिरुवा ,बिजनेस, लगायत १०० भन्दा बढीस्टल राखिनेछ । मुलुकमा स्वरोजगार तथा आयश्रोत वृद्धि गर्न जडीबुटीकाे महत्वपुर्ण भूमिका रहेको संघको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.