२०७५ वैशाख १७ गते १४:२८ विकासन्युज
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले थप शाखा कार्यालय मोरङ्गको बिराटनगरमा विस्तार गरेकाे छ । आइतबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन भएको छ ।
कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरी जीवन बीमा सेवावाट वन्चित अधिक्तम नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष कुमार कोइराला, कलाकार जीतु नेपाल, मुख्यप्रबन्धक गणेश चौलागाइ, प्रमुख वित्तअधिकृत आर्यक रन्जन बराल लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ निकट भविष्यमा सर्वसाधारणमा सेयर बिक्री गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.