डेढ महिनामै ३ पटक निगमले बढायो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल पुग्याे १०८, डीजेल ९०

  २०७५ वैशाख १९ गते २२:१७     विकासन्युज

काठमाडौं । गएको महिनासम्मा २ पटक पेट्रोलियम पदार्थको मुल्य बढेकोमा नेपाल अायल निगमले फेरी मुल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागु हुने गरि  निगमले पेट्रोलमा २, डीजेल र मट्टीतेलमा क्रमश ३/३ रुपैयाँ बढाएको हाे ।

बढेर अब पेट्रोल प्रतिलिटर १०८, डिजेल ९० र मट्टीतेल पनि ९० रुपैयाँ पर्ने भएको छ । इण्डीयन आयल कर्पोरेशन (आईओसी) ले बढेको मुल्य पठाएपछि स्वचालित मुल्य विधि अनुसार निगमको सञ्चालक समितिको वैठकले मुल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिए ।

पछिल्लो मुल्य बढेसँगै गएको डेढ महिनामा निगमले लगातार तीन पटक मुल्य बढाएको हाे । जसमा पहिलो पाक्षिक (१५ दिन) काे अबधिमा निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँको दरले मुल्य बढाएको थियो ।

त्यस्तै दुई हप्ताअघि पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ मुल्य बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.