प्रभु लाइफ इन्स्योरेन्सकाे साधारणसभा जेठ १० मा, ४० करोड आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

  २०७५ वैशाख २० गते १०:३२     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले आउदो जेठ १० गते हुने प्रथम साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु लाइफमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । ४० करोड रुपैयाँ आईपीओ निष्कासन गरेर उठाउने तयारी कम्पनीको छ ।

कारोबार सञ्चालमा आएको १ वर्षको वित्तीय विवरण पारित गरेपछि मात्र प्रभुले आईपीओ निष्कासन गर्न पाउने छ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ । कम्पनीले मंसिर २८ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो ।

नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.