‘ग्यालेक्सी जे७ डियुयो’ स्मार्टफोन नेपाली बजारमा, मूल्य २८ हजार ९९० मात्र

  २०७५ वैशाख २० गते १३:३७     विकासन्युज

काठमाडौं । सामसङले हालै ‘ग्यालेक्सी जे७ डियुयो’ नामक नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । उक्त फोनको बजार मूल्य २८ हजार ९९० रुपैयाँ मात्र रहेको छ ।

उक्त फोेन यही अप्रिल ३०(अर्थात वैशाख १७गते)देखि नेपालका सम्पूर्ण रिटेल्सहरुमा सहजै उपलब्ध हुँदै आएको छ । ब्ल्याक तथा गोल्ड कलरमा उपलब्ध यस फोन नेपालको सबैंभन्दा प्रसिद्ध स्मार्टफोन सिरिज हो जुन ३ वटा मोबाइलको बिक्रीमा १ वटा बिक्री हुने गर्दछ ।

यस मोबाइलमा भएको रियर क्यामरा १३ मेगापिक्सल देखि ५ मेगापिक्सलसम्ममा सेटप गर्न सकिने सुविधा रहेको छ । यसको फ्रन्ट क्यामरा ८ मेगापिक्सल रहेको छ । दुबै क्यामरा एफ/१.९ युक्त अपरचर तथा एलइडी फ्यास रहेको छ । लो लाईट फोटो ग्राफिको लागि ग्यालेक्सी जे७ डियुयो उच्चस्तरीय स्मार्टफोन रहेको कम्पनीले जनाएको छ ।

सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले, ‘ग्यालेक्सी जे७ डियुयोमोबाइल फोन जे सिरिज अन्तर्गत नयाँ आविष्कार हो, यो नेपाली ग्राहकहरुको मनमनमा वस्ने छ । यसमा भएको डुयल क्यामराले जुनसुकै वेला उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिन्छ । यो स्मार्ट फोनमा सहज रुपमा आवद्ध हुन् तथाआफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको छ र यसले आगामी दिनहरुमा आफ्नो पकड सहजै जमाउने छ । ”

ग्यालेक्सी जे७ डियुयोमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको हुँदा पृथक किसमले सेल्फि खिच्न सकिन्छ । फ्रन्ट क्यामरामा पनि एफ/१.९ युक्त अपरचर तथा एलइडि फ्यास रहेको हुँदा कम उज्यालको अवस्थामा पनि सफाफोटो खिच्न सकिन्छ । फ्रन्ट क्यामराका भएको विभिन्न विशेष मोडहरुले व्याक ग्राउन्डलाई ब्लर बनाई फोटो खिच्न सकिन्छ । यसमा भएको ब्युटी मोडले वास्तवमा नै जीवन्त फोटो खिच्न सकिन्छ । यसमा फेस अनलक सुविधा पनि रहेको छ । जसबाट सहजै फोनलाई अनलक गर्न सकिन्छ ।

यस नयाँ मोबाइलमा ग्राहकले ब्याक ग्राउन्डलाई ब्लर बनाएर फोकस गर्न सकिने सुविधा रहेको छ । यस्तो विशेष सुविधाको प्रयोगबाट फोटोलाई सहजै रुपमा सम्पादन गरी सोसल मिडियाहरुमा शेयर गर्न सक्नेछन् । यसलका अतिरिक्ति लाइभ फोकस लगायत अन्य उत्कृष्ट सुविधाहरुले गर्दा फोटो जीवन्त खिच्न सकिन्छ । यसमा भएको डुयल क्यामराले फोटो खिची सकेपछि ब्याक ग्राउन्डलाई ब्लर र फोटोलाई सफा गरी राख्न सकिन्छ । साथै विभिन्न आकृतिका सफ्टलाइट इफेक्ट पनि समायोजन गर्न सकिन्छ ।

ग्यालेक्सी जे७ डियुयो सिरिजमा एक्नोस ७ सेरिज अक्टा कोर प्रोसेसर, ४ जिबि र्यामतथा ३२ जिबि मेमोरी जुनमाक्रो एसडि कार्डको प्रयोग गरी २५६ जिबिसम्म बढाउन सकिने जस्ता सुविधा रहेको छ । साथै, ५.५ इन्जको एच डि सुपर डिस्प्ले रहेको छ जसले गर्दा कुनै पनि कुरा हेर्दा छुट्टै जीवन्तता प्रदान गर्दछ । साथै, यसमा ३००० एम ए एच व्याट्रि पनि रहेको छ । एन्ड्रोइट ओरेयो अप्रेटिङ्ग सिस्टम राखिएको हुँदा यसमासँगै दुईवटा एप्स चलाउन सकिने सुविधा पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.