२०७५ वैशाख २० गते १७:५५ विकासन्युज
काठमाडौं । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको र अब राष्ट्र विकासको मेरुदण्डको रुपमा रहेको जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका लागि बीमा अति आवश्यक रहेको बताएका छन् । हिमालयन जेनेरल इन्स्युरेन्स कम्पनीद्धारा आयोजित ‘हिमालयन जेनेरल इन्स्युरेन्स समिट अन हाईड्रोपावर २०१८’ कार्यक्रममा गुरागाईंले सो कुरा बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको बताएका छन् । यस इन्स्युरेन्सले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल र मार्सको सहआयोजनामा उक्त समीट सम्पन्न गरेको हो ।
साथै, इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यले ऊर्जा प्रवर्धकका लागि अति आवश्यक बीमाका पक्षहरु समेटी प्रवर्धकहरुलाई एक परिपक्व बीमा पोलिसी खरीद गर्न टेवा पुर्याउने बताएका छन् ।
कार्यक्रममा मार्सका तर्पmबाट स्कट पिचीले अन्तराष्ट्रिय बीमा बजारको बारेमा जानकारी गराएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.