२०७५ वैशाख २३ गते १७:०७ विकासन्युज
काठमाडौं । सनराइज बैंक लिमिटेडले सुनसरीको दुहवी शाखालाई साविकको स्थानबाट करिव ५० मि.को दुरीमा स्थानान्तरण गरेकोे छ । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त स्थानमा शाखा स्थानान्तरण गरेको हो ।
आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष उमेश गोश्वानीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
हाल यस बैंकले ८० वटा शाखा, ९५ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइजक्यापिटल लिमिटेड रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.