नेपाल बङ्गलादेश बैंकको ५६औं शाखा काभ्रेको भुम्लमा

  २०७५ वैशाख २३ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ५६औं शाखा काभ्रेको भुम्लमा विस्तार गरेको छ । बैंकले आइतबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन बैंकका संचालक ईन्द्रबहादुर थापा र भुम्लु गाउँपालिकाका अध्यक्ष गोमान धोज कुँवरले संयुक्त रुपमा गरेका हुन् ।

यस शाखासहित बैंकले ५६ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बंैकिङ्ग सेवा तथा ५० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.