२०७५ वैशाख २६ गते १६:०७ विकासन्युज
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रैमासिक समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि २०७५ सम्पन्न गरेको छ । रुपन्देहीको मंगलापुरमा हालै २ दिन सम्म संचालन भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी दिएका थिए ।
सो कार्यक्रममा संस्थाका विभागिय प्रमुखहरु प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा र दिपेन्द्र खनालले क्रमशः आ.व. २०७५/०७६ को योजना र बजेट, कर्मचारी मुल्यांकनको व्यवस्था, कर्जा ब्यवस्थापन, कार्यसंचालन ब्यवस्थापन आदिका बारेमा बताएका थिए ।
कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सकातर्फबाट विवेक अधिकारीले लघु बीमाका बारेमा जानकारी दिएका थिए । साथै, उक्त कार्यक्रममा ३६ वटा शाखा कार्यालयका प्रबन्धकहरुको उपस्थिति थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.