२०७५ वैशाख २६ गते १६:२३ विकासन्युज
काठमाडौं । नबिल बैंकले एकैसाथ थप ४ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार सिराहाकाे लहान, महोत्तरीकाे बर्दिबास, सर्लाहीकाे हरिवन तथा चितवनकाे टाँडीमा गरि चार वटा नयाँ शाखाहरुको उद्घाटन गरेको हाे । सो शाखा कार्यालयहरुका उद्घाटन बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका थिए ।
कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले ग्राहक सुविधा उपलब्धताको लागि धेरै शाखा विस्तार गर्ने योजना रहेको बताएका छन् । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र ग्राहकको बैंकिङ्ग आवश्यकता परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने उनको प्रतिबद्धता रहेको छ ।
उक्त अवशरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त सक्ने बताएका छन् । साथै, ग्राहकको सेवा तथा सुबिधाहरुलाई मध्यनजर गर्दै बैंकले विभिन्न ठाँउमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको छ ।”
हाल बैंकले ६२ वटा शाखा, १११ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथ सम्पूर्ण बैंकिङ् सेवा प्रदान गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.