२०७५ वैशाख २७ गते १२:२६ विकासन्युज
काठमाडौं । टाटा मोटर्सले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलता पछि आफ्नो पुराना तथा नयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेका छ ।
नेपला बजारमा भित्र्याइएको उक्त गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय रहेको कम्पनीको भनाइ छ । कम्पनीको अनुसार १.२ लि. को रिभोटोर्न ईन्जिन रहेको गाडीमा ८५ पि.एस. पावर रहेको छ । साथै गाडीले प्रतिलिटर २३.८४ कि.मि. माइलेज दिने कम्पनीको दाबी छ ।
गाडीको थप विशेषताहरुमा दुईवटा एसआरएस एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, मल्टी ड्राईभ मोड रहेको छ । जसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लिटरको बुट स्पेस उपलब्ध छ ।
गाडीको आधिकारिक विक्रेता कम्पनी सिप्रदीले ग्राहकहकहरुलाई आफुले लगानी गरेको मुल्यमा राम्रो मोबिलिटी दिन चाहेको भन्दै उक्त गाडी सर्वजनिक गरेको बताएको छ । टाटा टियागोको सफलता मनाउँदै कम्पनीले वर्तमान तथा संभावित ग्राहकहरुलाई नयाँ मोडलमा केही विशेष दिन खोजेको जनाएको छ ।
कम्पनीको अनुसार टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरुसहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल गरिएको छ । फुल अप्सन मोडलकोको उक्त टियागो डुअल टोन मोडल गाडीलाई कम्पनीले २६ लाख ९५ हजार रुपैयाँ मुल्य तोकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.