देवःविकास बैंकको बुटवलमा नयाँ शाखा, थप तीन स्थानमा विस्तार गर्ने तयारी

  २०७५ वैशाख २७ गते १५:५७     विकासन्युज

काठमाडौं । देवःविकास बैंक लिमिटेडले बुटवलमा शाखा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी र यस बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख सुवेदीले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक गतिविधीबाट नगर लगायत यस क्षेत्रका ग्रामीण भेगमा समेत रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका साथसाथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा उपमहानगरपालिकासँग सहकार्य गर्न अनुरोध गरेका छन् ।

बैंकका संचालक समितिका सदस्य विजय राजशर्मा भुसालले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताएका छन् । समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका स्थानीय उत्पादकत्व तथा आर्थिक सम्बृद्धिका लागि लगानी र अवसर सिर्जना गर्ने बताएका छन् ।

बैंकले चैत मसान्तसम्म १३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन र १२ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले २० करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

साथै, यसै आवमा वीरगञ्ज, नेपालगञ्ज र कोहलपुरमा थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.