एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा

  २०७५ वैशाख ३१ गते १८:५०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा विस्तार भएको छ । बैंकले सोमबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

बैंकले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भई ३३ वटा त्यस्ता स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएको छ ।

हाल बैंकले २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

बैंकको वासलातको आकार १५८ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब रुपैयाँ र कुल निक्षेप करिब १३४ अर्ब रुपैयाँ पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.