२०७५ वैशाख ३१ गते १८:५९ विकासन्युज
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, परवनीपुर तथा मकवानपुरको मकवानपुरगढीे, दाङ्गको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटाबाट कारोबार शुरु गरेको छ ।
यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यी ५ शाखासहित बैंकले ६७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटीएबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.