२०७५ जेठ ३ गते १८:४४ विकासन्युज
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिवारदेखि आफ्नो शाखा कार्यालय पोखराको लेखनाथमा विस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको संस्थागत शेयरधनी सांग्रिला बिकास बैंकका अध्यक्ष डा. रबिन्द्र श्रेष्ठले गरेका हुन् ।
कार्यक्रममा श्रेष्ठले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् ।
दुई अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.