‘माहेश्वरी अन्तर्राष्ट्रिय समागम’ जेठ ५ गतेदेखि शुरु

  २०७५ जेठ ४ गते १७:२४     विकासन्युज

काठमाडौं । अखिल भारत वर्षीय माहेश्वरी महासभाको २८औं सत्रको पंचम कार्य समिति बैठक “माहेश्वरी अन्तर्राष्ट्रिय समागम” जेठ ५ गतेदेखि शुरु हुने भएको छ । उक्त समागम माहेश्वरी सदन काठमाडौंको नक्साल, कमलपोखरीमा ६ गतेसम्म हुने भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन संघीय गणतन्त्र नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् ।

उक्त समारोहको विशिष्ट अतिथिमा मित्र राष्ट्र भारतका राजदुत मंजीव सिंह पुरी, नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवनमित्तल र अखिल भारत वर्षीय माहेश्वरी महासभाका सभापति श्याम सुन्दर सोनी रहेका छन् ।

नेपाल माहेश्वरी परिषद (नेपाल चैप्टर)को संयोजन र माहेश्वरी समाज काठमाडौंको आतिथ्यतामा “माहेश्वरी अन्तर्राष्ट्रिय समागम” सुसम्पन्न हुने भएको छ । उक्त कार्यक्रम अखिल भारत वर्षीय माहेश्वरी महासभाको कार्य समितिको नियमित बैठक अन्तर्गत २८औं सत्रको पाँचौ कार्यसमिति बैठकको रुपमा हुन गइरहेको छ ।

साथै, कार्यक्रमको प्रमुख उद्देश्य विश्वभर रहेका माहेश्वरी बन्धुहरुलाई एकै छाता मुनी संगठीत गराउनु रहेको संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.