२०७५ जेठ १३ गते १९:०१ विकासन्युज
काठमाडौं । सीजी फुड्सले ‘क्विक्स’ ब्रान्डअन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ ।
सबैखाले उपभोक्ताको जिब्रोमा झुन्डिन सफल ‘क्विक्स’ ब्रान्डको नयाँ ‘फ्रेन्डसिप प्याक’ स्योर क्रिम एण्ड ओनिएन स्वादमा उपलब्ध छ । स्वादलाई लामो समयसम्म कायमै राख्न स्वस्थ मेटालिक र्यापर प्रयोग गरिएको छ । ‘पोट्याटो चिप्स प्लान्ट’मा उत्पादित यो प्याक विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छ, जुन खाँदा कुरुमकुरुम हुन्छ र उत्तिकै स्वादिलो पनि छ ।
स्न्याक्स उपभोगमा आएको परिवर्तनसँगै सीजी फुड्सले उपभोक्तालाई स्वस्थ स्न्याक्स उपलब्ध गराउन निरन्तर रूपमा यस सम्बन्धी अध्ययन/अनुसन्धान गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.