२०७५ जेठ १४ गते १६:३६ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् ।
उनलाई जेठ ९ गते उक्त पदमा नियुक्त गरिएको हो ।
सार्वजनिक निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकाय र सञ्चार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक निजी संवाद प्रतिष्ठानको रुपमा र नेपाल व्यवसाय मन्चमा सल्लाहकार⁄परामर्शदाताको रुपमा कार्यरत थिए ।
निमित्त महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सस्थामार्फत आर्थिक विषयमा अनुसन्धान गरेका छन् भने उनकाे अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमुलक विभिन्न लेखहरू लगायत प्रकाशित भएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.