रोल्पाको जुगारमा नेपाल इन्भेष्टमेण्ट बैंक

  २०७५ जेठ १६ गते १६:०३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ । यस शाखाले त्यँहाका स्थानीयलाई वित्तीय कारोबारमा सहज हुने बैंककाे अपेक्षा रहेकाे छ ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । साथै, बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने छ ।

हाल बैंकले ६३ वटा शाखारहित बैंकिङ्ग सुविधा, १०० वटा एटिएम र ६ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.