‘भ्वाइस अफ नेपाल’ अब डिशहोमको रमाइलो टिभीमा, साउनदेखि प्रशारण हुने

  २०७५ जेठ १७ गते १६:३१     विकासन्युज

काठमाडौं । अर्न्तराष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ अब डिशहोमको रमाइलो टिभीमा प्रसारण हुने भएको छ । उक्त कार्यक्रम प्रायोजनको लागि डिशहोम र एडि रिलिज प्रा.लिबीच सम्झौता भएकाे छ ।

उक्त सम्झौतामा बिहीबार एक कार्यक्रमकाबीच डिशहोमका प्रमुख कायृकारी अधिकृत(सीईओ) सुदीप आचार्य र एडिरिलिजका मार्केटिङ् म्यानेजर दिपक कोइरालाले हस्ताक्षर गरेका छन् ।

‘भ्वाइस अफ नेपाल’ नेदरल्याण्डको गायन रियालिटि शो ‘द भ्वाइस’को नेपाली संस्करण हो । जुन शो आगामी साउनको पहिलो हप्तादेखि प्रशारण हुने डिशहोमले जनाएको छ ।

कार्यक्रममा डिशहोमका प्रमुख कायृकारी अधिकृत सुदीप आर्चायले यस रमाईलो टिभीमा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, सांगितिक कार्यक्रम, जिवन कथा लगायतका विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका बताएका छन् । साथै, उनले भ्वाईस अफ नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

त्यस्तै, डिशहोमका जेनरल म्यानेजर कल्यान अधिकारीले यस टिभी ‘हाई डेफिनेशन’मा प्रशारण हुने बताएका छन् ।
साथै, कार्यक्रममा रमाइलो टिभीका दयाराम पाण्डेले ९० प्रतिशत टिभी डिशहोमबाट चल्ने र सबै डिशहोममा रमाइलो टिभी आउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.