२०७५ जेठ १७ गते १७:१२ विकासन्युज
काठमाडौं । लक्ष्मी बैंकले पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा नयाँ एटिएम सेवा संचालनमा ल्याएकोे छ । उक्त एटिएमको उद्घाटन पृतनापति देवेन्द्र बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिषराज कुँवरले गरेका छन् ।
यस एटिएमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुनेछ । यस सहित बैंकको ए.टि.एम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु पुगेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.