अत्यधिक फाेहाेर भेटिएपछि एमएसके ब्राण्ड जारको उद्योग शिल

  २०७५ जेठ १७ गते १८:२४     विकासन्युज

काठमाडौं । एमएसके ब्राण्ड जारको उद्योग माता सरस्वती खानेपानी प्रालिमा सरकारले सिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनको क्रममा उक्त उद्योगमा कैफियत भेटिएपछि शिल लगाएकाे हो ।

विभागले दिएको जानकारी अनुसार उक्त उद्योग अस्तव्यस्त रहेको, प्रशस्त फोहोर, पनी भर्ने स्थान खुला, नजिकैको शौचालय समेत अत्यधिक फोहोर भेटिएपछि टोलिले उद्योगको सुरक्षणको लागि उद्योगको मुख्य भल्वमा शिल गरेकाे जानकारी गराएको छ । सरकारकाे  निर्देशन अनुसार पानीको अवस्था समेत नरहेकाे विभागकाे भनाइ छ ।

विभागले सातदिन भित्र आवश्यक कागजातसहित उपस्थित हुन दिर्देशन दिइएको छ ।

त्यस्तै विभागले जोरपाटीस्थित क्वालीटी खानेपानी, एम्वी व्रेभरेज उद्योग कागेश्वरी मनाेहरा र सोही स्थानका ए एण्ड बि व्रेभरेज पानी उद्योहरुमा पनि अनुगमन गरेको थियो । अनुगमन गरिएका उक्त उद्योगहरुमा समेत विभागले विभिन्न सुझाव तथा आवश्यक निर्देशन दिएकाे जानकारी गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.