सनराइज बैंकको चुरे शाखा बिस्तार, सुन्दरीजलमा शाखारहित बैंकिङ्ग सेवा

  २०७५ जेठ १७ गते १८:३३     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले बिहिबार कैलालीकोे चुरे गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का मगर र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरिप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

साथै, बैंकले २१ औँ शाखारहित बैंकिङ्ग सेवा गोकर्णेश्वरको सुन्दरीजलमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष राम मानन्धरले एक समारोहका बीच गरेका हुन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि रमेशप्रसाद सिम्खडालाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.