२०७५ जेठ १७ गते २०:०१ विकासन्युज
काठमाडौं । ईजी मोबाइल केयर प्रालिले मोबाइल प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राखेर ईजी सर्भिस अन्तरगत मोबाइलको स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक गरेको छ ।
ईजी सर्भिसले एसुरेन्स सेवा अन्तरर्गत नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले÷स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्क रुपमा फेरिदिने योजना सार्वजनिक गरेको हो ।
कम्पनीको अनुसार योजनामा मोबाइल फोन ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्लेको एसुरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्नेछन् । यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्नेछ साथै कम्पनीले आगामी दिनहरुमा पूराना मोबाइल फोनहरुमा पनि यो योजना ल्याउने तयारी गरेको छ ।
सेवा लिइसकेपछि ग्राहकहरुको फोनको डिस्प्ले फुटेमा (मोबाइल डिस्प्ले ब्रेकेज) एक पटकका लागि कम्पनीले निशुल्करुपमा फेरिदिने बताएको हो ।
मोबाइल फोन ग्राहकहरुले यसको लागि आफ्नो व्यक्तिगत विबरणसहितको फर्म भरेर तुरुन्तै सो सेवा लिनसक्ने छन् । सो सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले निशुल्करुपमा फेरि दिने बताएको छ ।
ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले ग्राहकहरुले महंगो स्मार्टफोन खरिद गरेपनि त्यसको डिस्प्ले दूर्घटनाबस फुट्ने समस्याहरु निकै भोगिरहेको हुँदा त्यसलाई समाधान गर्न नेपालमा नै पहिलो पटक उक्त योजना ल्याएको बताए ।
साथै रु.१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना समेत सफलतापूर्वक सञ्चालन भइरहेको कम्पनीको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.