२०७५ जेठ १९ गते १९:३८ विकासन्युज
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष कुसुम लामाले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष सपथ ग्रहण लिएकी छिन् । बीमा समितिमा जेष्ठ १७ गते आयोजित एक कार्यक्रममा अध्यक्ष चापागाईबाट उनले पद तथा गोपनियताको सपथग्रहण गरी पदभार ग्रहण गरेकी हुन् । यसअघि सम्पन्न सञ्चालक समितिको बैठकबाट कुसुमलामा सर्वसम्मत रुपमा कम्पनीको अध्यक्ष चयन हुनुभएको थियो ।
आफूले सपथ लिएपछि प्रभु इन्स्योरेन्समा आयोजित कार्यक्रममा अध्यक्ष लामाले निर्वाचित सञ्चालक समिति सदस्यहरु राजेन्द्र मल्ल, कृष्णबहादुर कुवँर, अशोक खड्गी, रणकेशवप्रधान र राजगोपाल राजभण्डारीलाई सपथग्रहण गराएकी छिन् । कम्पनीमा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक जितेन्द्र धितालले प्रतिनिधित्व गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.