पेट्रोल, डीजेल र मट्टीतेलको भाउ लिटरको ३ रूपैयाँकाे दरले फेरी बढ्यो

  २०७५ जेठ १९ गते २०:१४     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेलको प्रतिलिटर  ३ रूपैयाँको दरले बढाएको छ । भारतबाट बढेर आएको भन्दै स्वचालित मुल्य प्रणाली अनुसार निगमले मुल्य बढाएको हो ।

बढेर अहिले पेट्रोलको प्रतिलिटर मुल्य ११३, डिजेलको र मट्टीतेलको क्रमशः प्रतिलिटर ९५/९५ पुर्याएकाे छ ।

उक्त मुल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोईतले विकासन्युजलाई बताए ।

त्यस्तै निगमले प्रतिलिटर आन्तरिक हवाई इन्धनको मुल्यमा  ५ रूपैयाँ र बाह्य हवाई इन्धनको मुल्यमा १००० लिटरमा यूएस डलर ७५ बढेको छ । खाना पकाउने एलपिजीग्याँसको मुल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.