नेपालगञ्जमा सानिमा लाईफ इन्स्योरेन्सको थप नयाँ शाखा

  २०७५ जेठ २० गते १४:४३     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले नेपालगञ्जमा थप नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईले गरेका हुन् ।

कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ । साथै, उक्त स्थानमा बीमा चेतना जगाई नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.