फिफा वर्ल्डकपको अवसरमा टिसिएलको टिभी खरिदमा २५ प्रतिशत सम्मको छुट

  २०७५ जेठ २० गते १७:१८     विकासन्युज

काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले आफ्ना ग्राहकका लागि ‘मेरो टिम मेरो विश्वास’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कम्पनीले टिसिएलको टिभीहरुको खरिदमा २५ प्रतिशत सम्मको छुट दिने भएको छ ।

कम्पनीले हरेक चार-चार वर्षमा हुने फिफा वर्ल्डकपको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । २० इन्च देखि ६५ इन्च सम्मको स्मार्ट/ननस्मार्ट मोडलहरुमा उपलब्ध टिसिएलले आफ्नो टेलिभिजहरुमा ३ वर्षको वारेण्टी अफर पनि प्रदान गरेको छ ।

चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.