पल्पी ब्राण्डका जुसहरु नयाँ फ्लेबरमा, पुल्प प्रोसेसिङ प्लान्टको अभाव

  २०७५ जेठ २० गते १८:४३     विकासन्युज

काठमाडौं । चितवन जिल्लामा रहेको यूनाईटेड बेभरेज प्रा. लि. ले थप नयाँ फ्लेबरमा उत्पादन शुरु गरेको छ । बिगत ५ बर्षदेखि आफ्ना पल्पी ब्राण्डका जुसहरु नेपाली बजारमा पुर्याउँदै आएको यस उद्योगले उत्पादनको शुरुमा आँप(म्यांगो) र र गुलाबी अम्बा(पिंक ग्वाभा) गरी दुईवटा फ्लेवरबाट शुरु गरेको थियो ।

यस उद्योगमा नेपाली व्यवसायीको मात्र नभएर बिभिन्न मुलुकमा रहेका गैरआबासीय नेपालीहरुको समेत लगानी रहेको छ । यसैगरी नयाँ ह्याप्पी आहोर ब्राण्ड मार्फत पनि बजारको मागलाई सम्बोधन गर्न लागिएको छ । यहाँबाट उत्पादित जुस अन्तर्राष्ट्रिय गुणस्तरको भएकोले बिदेशमा निर्यात गर्न सकिने संभाबना रहेको उद्योगले बताएको छ ।

यस कम्पनीबाट प्रत्यक्ष/अप्रत्यक्ष गरी २०० जनाभन्दा बढीले रोजगारी पाएका छन् । साथै, सरकारलाई राजश्व बुझाएर देशलाई स्वदेशी उत्पादनबाट आत्मनिर्भर गराउन आफ्नो क्षेत्रबाट थोरै मात्रामा भए पनि यस उद्योगले सहयोग पुर्याएको छ ।

पछिल्लो समय देशको कूल मागको ६० देखि ७० प्रतिशत जुस स्वदेशी उत्पादनले पूर्ति गर्न सफल भएको छ । त्यसकारण यो क्षेत्रमा हाल देखिएको समस्याको हल गर्न सरकारले उद्योगलाई बाहिरी मुलुकबाट आयात गरिने कच्चा पदार्थको भन्सार महसुल न्यून गर्नु पर्ने आबश्यकता भएको छ । यसो भएमा स्वदेशी उद्योगहरुलाई बिदेशबाट आयात गरिएका जुससंग प्रतिस्पर्धा गर्न सहज हुने हाम्रो विश्वास छ ।

नेपालमा नै पाइने फलफूलहरु जसले केही मात्रामा भए पनि जुस बनाउनका लागि चाहिने फ्रियुट पुल्प बनाउन आबश्यक पुल्प प्रोसेसिङ प्लान्टको अभाब देखिएको छ । उद्योग संचालनका लागि यहाँका व्यबसायीहरुले बिभिन्न देशबाट त्यस्ता कच्चा पदार्थ आयात गर्नु परेको छ । जसले गर्दा कच्चा पदार्थको मूल्यमा यहाँका व्यबसायीहरु भर पर्नु पर्ने भएको छ । त्यसैले यस्ता पुल्प प्रोसेसिङ प्लान्ट सहुलियत दरमा ल्याउनका लागि सहयोग गर्न कम्पनीले सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.