रोल्पाको थवाङबाट जनता बैंकको कारोबार शुरु

  २०७५ जेठ २१ गते १२:२९     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लाको थवाङ शाखाबाट कारोबार शुरु गरेको छ । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो ।

साथै, बैंकले सोही जिल्लामा अन्य २ शाखाहरु पनि विस्तार गर्दै छ । थवाङ गाउँपालिकाको सरकारी कारोबार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । रोल्पा जिल्लाको यस विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जिवन स्तरमा केही भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।

यस सँगै जनता बैंकको देश भरीमा शाखा सञ्जाल ११७ पुगेको छ । साथै, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.