भाटभटेनी अनलाइनलार्इ ईसेवाले किन्याे, अब ईबैंकिङबाट भुक्तानी गर्न सकिने

  २०७५ जेठ २१ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट ईन्टरनेशनल प्रा. लि. ले एक्वायर गरेको छ ।  अब इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङ मार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

साथै, ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ । ईसेवा पसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखि विभिन्न किसिमका छुट र अफर पनि सार्वजनिक गरेको छ । साथै, कम्पनीले अधिकत्तम २४ घण्टा भित्र निशुल्क डेलिभरी गर्नेेछ ।

विगत छ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहुँचमा पुर्याउने उद्देश्य साथ एक्वायर गरेको एफवान सफ्ट ईन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बताए । ईसेवा पसल डटकमका सीईओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा ठुलो फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा विक्री वितरण गर्दै आएको छ । नेपाल सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने नीति लिइरहका बेला एफवान सफ्टले पनि यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ । कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.