२०७५ जेठ २१ गते १७:३७ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहुँ जिल्लाको फुस्रेटारमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो ।
हाल बैंकले १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त सेवा प्रदान गर्दे आइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.