२०७५ जेठ २१ गते १८:३३ विकासन्युज
काठमाडौं । वीपी राजमार्गमा ठूला सवारी साधन नचलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायधिश सपना प्रधान मल्लको एकल इजालासले सोमबार राजमार्गमा ठूला सवारी नचलाउन आदेश दिएको हो ।
मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो । सो इजलासमा बसन्त बस्नेत लगायत ३ जनाले बहस गरेका थिए । यसअघि प्राविधिक टोलीले गरेको अध्ययनमा राजमार्गमा १८ जना भन्दा धेरै सिट क्षमताको सवारी चलाउन नमिल्ने प्रतिवेदन बुझाएको थियो ।
वकिलहरुले रुट इजाजत दिने काम मन्त्रीको नभई विभागको भएको भन्दै इन्जिनियरहरुको रिर्पोट प्रस्तुत गरेका थिए । सर्वोच्चले मन्त्रिपरिषदको निर्णयको विषयमा लिखित जवाफ समेत माग गरेको छ ।
फैसलापछि दक्षिण एसियाकै नमुना राजमार्गले न्याय पाएको माइक्रो बस व्यवसायी संघका अध्यक्ष राजेन्द्र आचार्यले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.