२०७५ जेठ २२ गते १६:४८ विकासन्युज
काठमाडौं । बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की असार १ गतेदेखि सेवा निवृत्त हुने भएका छन् । ५८ बर्षे उमेर हदका कारण कार्की सेवा निवृत्त हुन लागेका हुन् ।
कार्की हाल बीमा समितिका अध्यक्षपछि दोश्रो वरियतामा कार्यरत छन् । उनले बीमा समितिको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हालिरहेका छन् ।
बीमा समितिमा अध्यक्षपछि कार्यकारी निर्देशलाई शक्तिशाली मानिन्छ । कार्यकारी निर्देशक नै बीमा समितिमा कर्मचारी तर्फको उपल्लो पद हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.