आइएमई लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ जेठ २२ गते १६:५२     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंकस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमिक्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदयुमन पोख्ररेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा इन्स्योरेन्सको जीवन बीमा गराउन सक्नेछन् ।

हाल आइएमई लाइफ इन्स्योरेन्सले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदर्फिता, साढे तीन गुणा रक्षावरण, अग्रीम भुक्तानी तथा आजीवन लगायतका बीमा योजना ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.