वीर अस्पतालका अधिकृत कृष्णप्रसाद तिमिल्सिना र सचिव लक्ष्मणप्रसाद अर्यालमाथि मुद्दा दायर

  २०७५ जेठ २२ गते १८:०५     विकासन्युज

काठमाडौं । वीर अस्पताल काठमाडौंमा सातौं तहमा रेडियोग्राफर अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद तिमिल्सिना र सोही अस्पतालमा सेवा आयोगको सचिव पदमा कार्यरत लक्ष्मणप्रसाद अर्यालमाथि मुद्दा दायर भएको छ । उनीहरुमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुले जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी उद्बवप्रसाद नेपाललाई उक्त मुद्दाबाट छुटाउन करणी उद्योग गर्ने मितिमा उपचार गराएको देखिने नक्कली किर्ते कागजातहरु तयार गरेको प्रमाणित भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

नक्कली कागजातका लागि उनीहरुले ५० हजार लिएको खुल्न आएपछि उनीहरु विरुद्ध भ्रष्ट्राचारको अभियोगमा मुद्दा दायर भएको हो ।

उनीहरुले जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी उद्बवप्रसाद नेपालका ससुरा केदारनाथ पराजुलीसँग ५० हजार लेनदेन गरी उद्बवप्रसाद नेपाल चिकित्सा विज्ञान,वीर अस्पतालमा उपचारार्थ रहेको गलत लिखत तयार गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.