प्राइम लाइफ इन्स्योरेन्स ११ वर्षमा प्रवेश, बीमा साक्षरताकालागि प्रभात फेरी आयोजना

  २०७५ जेठ २२ गते १८:०८     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कारोवार शुरु गरेको १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । उक्त उपलक्ष्यमा बैंकले मंगलबार बीमा साक्षरता तथा सचेतनाको लागी प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा कम्पनीको प्रधान कार्यालय काठमाण्डौं उपत्यकाका शाखा तथा उपशाखाका कर्मचारहरुको सहभागिता रहेको थियो ।
हाल कम्पनीको चूक्ता पुँजी १ अर्ब ७८ करोर्ड रुपैयाँ रहेको छ । त्यस्तै, कुल बीमाशुल्क ११ अर्ब ६२ करोड रुपैयाँ, बीमालेख १६ लाख भन्दा बढी, जीवन बीमा कोष ६ अर्ब २० करोड तथा दावी भुक्तानी रु. २४ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले देशभरमा विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई आएको र आगामीबर्ष कम्तिमा १३५ स्थानबाट सेवादिने लक्ष्यलिएको जनाएको छ ।

कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवनबीमा क्षेत्रमा गरेकोउपलब्धी र आगामी बर्षहरुमा सेयरधनीहरुलाई उल्लेख्य प्रतिफलदिन र बीमितहरुको सर्वोपरी हितको लागि कार्य गर्ने समेत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.