२०७५ जेठ २३ गते १६:४३ विकासन्युज
काठमाडौं । अन्तराष्ट्रिय टेलीभिजन गायन कार्यक्रम ‘भोईस अफ नेपाल’ को मुख्य प्रायोजकमा टिभिएस अपाचे आरटि रहेको छ । टिभियस मोटर कम्पनीका सबै मोटरसाइकल र स्कूटरहरुको नेपालको लागि आधिकारीक बिक्रेता जगदम्बा मोटरस प्रालिले हालै उक्त कार्यक्रमको मुख्य प्रायोजक बन्ने साझेदारी गरेको हो ।
मोटरसाईकलको सबैभन्दा ठूलो रेन्ज भएको टिभिएसले आफ्नो उत्कृष्ट मोटरसाइकल रेन्ज अपाचे आरटिआरलाई यस कार्यक्रमसँग आबद्ध गरेको हो । अपाचे आरटिआरको पावर, प्रतिभा र आत्मबिश्वास जस्ता गुणहरू यस् कार्यक्रमका प्रतियोगिहरुमा पनि हुने कम्पनीले जनाएको छ ।
द भोईस अफहोल्ल्यान्ड, नेदरल्यान्डस्मा मूल सिर्जना र प्रसारण भएको थियो । नेपालमा पहिलो पटक यो कार्यक्रम ‘भोईस अफ नेपाल’नाम गरेर प्रसारण हुनेछ । यस कार्यक्रमले अज्ञात युवा नेपालीप्रतिभा (अकल, युगल, पेशावर र शौकिया) लाई चिनाउने र सम्मानित गर्ने लक्ष्य राखेको छ । प्रतियोगीहरुले जुन गायन शैली आफुलाई सबैभन्दा राम्रो गाउँनऔँछ त्यही शैलीमा गाउँन पाउँछन् ।
यो कार्यक्रम साउन २०७५ को पहिलो हप्तादेखि चार महिनासम्म लगातार चल्ने छ । पहिलो सिजनमा कुल ३० एपिसोडहरु लाईभ टेलिभिजनमा प्रसारण हुने छन् । जसमा चार राउण्डहरु ब्लाइन्ड अडिसनस्, ब्याटल राउण्डस्, नकआउटस् एण्ड ग्राण्ड फिनाले हुनेछन् ।
यस कार्यक्रमका अधिकारिक प्रसारण च्यानलहरु कान्तिपुर एचडी र डिशहोम रमाइलो टि.भी एचडी हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.