एशियन लाईफ र महालक्ष्मी विकासबीच बैंकासुरेन्स सम्झौता, थप ७१ शाखाबाट बीमा व्यवसाय विस्तार

  २०७५ जेठ २४ गते ११:३६     विकासन्युज

काठमाडौं । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउन एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठ र महालक्ष्मीका सीईओ कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।

बैंकासुरेन्सको माध्यमबाट महालक्ष्मीका शाखाबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग बैंकको नेपालभरिका ७१ वटा शाखा कार्यालयबाट समेत लिन सकिनेछ ।

एशियन लाईफको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् । गत चैत मसान्तसम्म कम्पनीको जीवन बीमाकोष बढेर १२ अर्ब ९ करोड, लगानी १२ अर्ब २८ करोड र चुक्तापूँजी १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.