नक्कली शैक्षिक प्रमाणपत्रले जागिर खाने २ जना विरुद्ध अदालतमा मुद्दा दायर

  २०७५ जेठ २४ गते १५:५३     विकासन्युज

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र देखाई सरकारी जागिर खाने २ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । नक्कली प्रमाणपत्रले जागिर खाने सन्देशकुमार श्रेष्ठ र ओमप्रसाद लुईटेल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

श्रेष्ठ प्रहरी प्रधान कार्यालय,नक्साल अन्तर्गतका तत्कालिन प्रहरी नायव निरीक्षकमा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति भएका थिए । यस्तै लुईटेल सुगाहट माध्यमिक विद्यालय, मोरङमा नक्कली प्रमाणपत्रले नियुक्ती लिएको प्रमाणित भएको थियो ।

दुबै जना विरुद्ध भ्रष्ट्राचार ऐन बमोजिम कारबाहीको माग गर्दै अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.