२०७५ जेठ २५ गते १७:२० विकासन्युज
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४१औं दोलखा जिल्लाको चरिकोटमा खोलेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरेका छन् ।
कम्पनीले हाल ४१ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म १२३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको जानकारी दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.