२०७५ जेठ २७ गते १४:३७ विकासन्युज
काठमाडौं । सनराइज बैंक लिमिटेडले धनुषाको जनकपुरमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक नरेश शाक्य, बैंकका संचालक ई.बच्छराज तातेड र ज्योतिकुमार बेगानीले संयुक्त रुपमा गरेका छन् ।
यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देथ्य लिएको छ ।
साथै, बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यबस्था मिलाएको छ । साथै, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.