२०७५ जेठ २७ गते १८:२० विकासन्युज
काठमाडौं । चितवन जिल्ला रत्ननगर नगरपालिकाको कार्यालय वडा नं। ५ मा वडासचिव पदमा कार्यरत अम्विका गौतम विरुद्ध मुद्दा दायर भएको छ ।
गौतमले नक्कली शैक्षिक प्रमाण पत्रले जागिर खाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काडमाडौंमा मुद्दा दायर गरेको हो ।
गौतमले जागिरमा नियुक्तिको बेला भारतको विद्यालयबाट एसएलसी तहको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारका सह प्रवक्ता मदन कोइरालाले जाकारी दिए । गौतम विरुद्ध भ्रट्राचार ऐन बमोजिम जरिवाना र कैद सजायकाृ माग गरी मुद्दा दायर भएकाे हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.