नेपाली होमस्टेलाई बुकिङ्ग डट्कमकाे ३ करोड १५ लाख सहयोग

  २०७५ जेठ २८ गते ११:३१     विकासन्युज

काठमाडौं । होमस्टे संजाल विकास गर्नका लागि बुकिङ्ग डट्कमले ३ करोड १५ लाख सहयोग गरेको छ । बुकिङ्ग डट्कमले नेपालमा संचालित कम्युनिटी होमस्टेलाई आर्थिक सहयोग गरेर हो ।

बुकिङ्ग डट्कमले बुकिङ्ग बूस्टर कार्यक्रम मार्फत विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीरुमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै करीब सवा ३ करोड (यूरो २२५,०००) राशीको अनुदान कम्युनिटी होमस्टे नेटवर्कलाई प्रदान गरेको छ ।

होमस्टे नेटवर्कले नेपाली संस्कृति, रहनसहन, भेषभूषा, खानपीन लगायत विविध स्थानीय पक्षहरुको बारे विश्व समुदायमा प्रचारप्रसार गर्दै आइरहेको छ । यो कार्यक्रम नेपालभरी १३ वटा समुदायहरुमा सञ्चालन गरिएको छ ।

बुकिङ्ग डट्कमले विश्वभरीबाट चयन भएका प्रत्येक कम्पनीहरुलाई ५० हजार यूरो राशी बराबरको अनुदान प्रदान गर्दै आएको छ ।

नेपालबाट प्रथम पटक चयन भएको कम्युनिटी होमस्टेले यूरो २ लाख २५ हजार धन राशी प्राप्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.