२०७५ जेठ ३० गते १९:३१ विकासन्युज
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले नेपाल स्वच्छ वातावरण महाअभियान शुरु गरेको छ । नेपालभर जनताले अनुभूत गर्न सक्ने गरी प्रदुषण नियन्त्रण, सरसफाई र फोहोरमैला व्यवस्थापन गर्दै शहरको खालि भागमा हरियाली प्रवद्धन गर्ने लक्षयकासाथ उक्त अभियान शुरु गरेको हो ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले मुलुकमा जलवायु परिवर्तनका नकरात्मक असर, खाद्य सुरक्षाको अभाव र रोगव्यादि जस्ता विभिन्न चुनौतिहरुको सामाना गर्न परेको बताए । यी चुनैतीहरुको सामामन गर्दै नेपलाको संबिधानले परिकल्पना गरेको समाजबाद उन्मुख अर्थन्त्र निर्माण गर्न सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय संकलप्लाई साकार बनाउन लागेको जानकारी दिए । ‘वातावरणीय सुरक्षा एउटा महत्वपूर्ण पूर्वशर्त हो,’ उनले भने ‘तसर्थ मन्त्रालयले यस राष्ट्रिय संकल्पमा उल्लेख्य योगदान पुर्याउने लक्ष्य लिएर महाअभियान शुरु गरेका हौं ।’
मन्त्रालयले महाअभियानलाई सफल पार्न तीन खम्बे वातावरणीय संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको छ । जसमा वातावरण्मा प्रतिकूल प्रभाव पार्ने गरी प्रदुषण सिर्जना हुन नदिने र तोकिएको मापदण्ड विपरित फोहरमैला निष्कासन हुन दिने छैन ।
दोस्रो वातावरण संरक्षण र विभिन्न श्रोतबाट हुने जल, स्थल, वायु र अन्य प्रदूषण रोक्न संघ, प्रदेश र स्थानीय तहहरुबाट जारी कानूनहरुको कडाईका साथन पालना र कार्यन्वयन गर्ने गराउने र तेस्रो प्रदूषणको रोकथाम, नियन्त्रण, हरियाली प्रवद्र्धन लगायतबाट सफल अभ्यासहरुको आधारमा क्रियाकलाप अघि बढाउने महानिर्देशक दवाडीको भनाइ छ ।
मन्त्रालयको लक्ष्य तथा उद्देश्य हासिल गर्न एक वर्षे कार्ययोजना तय गरेको छ । जसमा जनचेतना तथा सन्देशमूलक कार्यक्रम, सरसफाई तथा फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रण र हरियाली प्रबद्र्धन कार्यक्रमहरु रहेका छन् ।
मुलुकभर सञ्चलन हुने उक्त कार्यक्रमबाट स्थानिय तहका खाली जग्गामा कम्तिामा पनि ५ प्रतिशत वृक्षरोपण हुने, काठमाडौं उपत्यका लगायत देश भरका सहरमा दैनिक उत्सर्जन हुने फोहोरमा २० प्रतिशत कमी आउने विश्वास सरकारले गरेको छ ।
त्यस्तै विकास निर्माण कार्य, अस्पताल, औद्योगक क्षेत्र लगायतबाट निस्कासन हुने धूलो, धुँवा जल र ध्वनि प्रदुषणको मात्रामा कम्तिमा ३० प्रतिशत कमि आउने, प्लाष्टिक झोलाको उत्पादन र प्रयोगमा कमी ल्याई देशभरमा ५० प्रतिशत प्लाष्टिक झोलाको प्रयोग घटाउने लगायतका उपलब्धि हासिल हुने सरकारको अपेक्षा छ ।
मन्त्रालयका अनुसार महाअभियान कार्यक्रम समन्वय र सहजिकरण समितिका संयोजक स्याम् मन्त्री, कार्यक्रम कार्यान्वयन समितिका संयोेजक सचिव लगायत विभिन्न उपसमितिहरु निर्माण गरि जिम्मेवारी वाडफाँट गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.