२०७५ असार ४ गते १६:१४ विकासन्युज
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र नेसनल लाईफ ईन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकका ७१ वटै शाखाहरुबाट जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.