उद्योगमन्त्री यादवको ठाडो निर्देशनमा भकाभक समातिन थाले म्याद गुज्रेको समान बेच्ने व्यापारी

  २०७५ असार ७ गते १९:११     विकासन्युज

काठमाडौं । अनुगमनकारी निकाय बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले बिहीबार बजार अनुगमनका क्रममा २ थोक खाद्यन्न ब्यापारीलाई पक्राउ गरेको छ ।

मिति गुज्रिएका र उपभोग्य मिति नभएका खाद्यन्न बिक्रीका लागि राखेको फेला पारेपछि विभागले बानेश्वरस्थित फुड एण्ड इलाइट स्टोरका सञ्चालक सुवास मैनाली र कलंकींस्थित माँ माया ट्रेडर्सका सञ्चालक अभिशेक जयसवाललाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएका उक्त व्यवसायीहरुलाई सम्बन्धित प्रहरी प्रशासनमा जिम्मा लगाएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवको निर्देशनपछि विभागले बुधबारबाट आक्रमक अनुगमन थालेको छ ।

बुधबार मिति गुज्रिएका सामान बेच्ने, मूल्यसूची नराख्ने ७ व्यवसायीलाई विभागमा उपस्थित गराई प्रहरीको जिम्मा लगाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.